ग्रेनम्हेनिङ २०८१ ला दुइसाङरि ज्योति विकास बैंकसे निःशुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक लामुला । चु योजनारि ज्योति विकास बैंकला ग्राहकजुगुसे बैंकला मोबाइल बैंकिङ एप ज्योति स्मार्टरि मुबा ज्योति ट्रान्सफरग्याम्से न्होर ट्रान्सफर लामा खाजिबाइ स्यान्दो शुल्क फाआतो ।
रु. ० रि फण्ड ट्रान्सफरला योजनासे ग्राहकजुगुदा म्हेनिङला दुइसाङरि न्होर ट्रान्सफर लाबारि सहज ताबाला छ्याम डिजिटल दक्षिणा नोन ल्हेसेला विश्वास बैंकसे थान्मुला । विद्युतीय कारोबारदा ग्राहकवर्ग गुङरि काप्सि विस्तार लाबारि बैंकसे चु योजना सार्वजनिक लाबा हिन्ना ।
डिजिटलाईजेसन थेन डिजिटल बैंकिङ सेवादा सक्रिय लिरि प्रबद्र्धन लासिकेन खाबा ज्योति विकास बैंकसे ग्राहकजुगुदा सुविधाजनक थेन सुरक्षित पहुँच पिन्बारि डिजिटल बैंकिङ प्लेटफर्मजुगुदा काप्सि व्यवस्थित लाबान ल्होलो अत्याधुनिक सुविधाजुगु पिन्चिमुला ।
बैंकसे जारी लाबा वक्तव्यला क्योङ पाठ :
प्रेस विज्ञप्ति मितिः २०८१, असोज २२ गते
ज्योति विकास बैंकका ग्राहकहरुलाई नि:शुल्क “Fund Transfer” सुविधा
बडादशैं २०८१ को अवसरमा ज्योति विकास बैंकले नि:शुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
रु. 0 मै फण्ड ट्रान्सफरको योजनाले ग्राहकहरुलाई दशैंको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्दन हुने विश्वास बैंकले बोकेको छ। विद्युतीय कारोबारलाई ग्राहकवर्गमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको छ।
डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रिय रुपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्न डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।