तामाङ समाज युएईला ११–०८–२०२४ सन्रि ताबा केन्द्र थेन छेत्रला संयुक्त चिसाङ्से काइपा चन्द्रकुमार मोक्तान थेन डा. मुक्तसिंह तामाङदा अवार्ड पिन्सेला निर्णय लाबा मुला ।
चिसाङसे नेपालला ल्होलो लोप्खाङदा ह्रो लाबा थेन विद्यार्थीजुगुदा छात्रवृद्धि पिन्बा निर्णय लाबा मुला । चुह्राङ नोन लासि गेन्दुनला १९ छा केवासाङ तेन्बाबाला छ्याम युएईरि मुबा तामाङजुगुला स्यान्दो गेन्दुनजुगुदा एकताला लागि पहल लाबा निर्णय नोन लाबा मुला ।
चिसाङ समाजला केन्द्रीय संरक्षक समितिला प्रमुख राम मोक्तानला डोन्बो थेन समाजला चोहो जितेन्द्र तामाङला चोहोदानरि ताबा मुबा ।
स्हिगो चिसाङ्ला क्योङ पाठ :
(केन्द्र तथा क्षेत्र संयुक्त बैठक )
मिति ११–०८–२०२४ का दिन ‘तामाङ समाज युएई’को केन्द्रीय संरक्षक समितीका प्रमुख श्री राम मोक्तानको आतिथ्यता र तामाङ समाज यूएईको केन्द्रीय अध्यक्ष श्री जितेन्द्र तामाङको अध्यक्षतामा सम्पूर्ण केन्द्र तथा क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरुको संयुक्त बिशेष बैठक बसी बृहत छलफल तथा महत्वपूर्ण निर्णयहरु गरियो।
निर्णयहरुः
१. यस बैठक को बृहत छलफलले तामाङ समाज यूएईको १९औ स्थापना दिवस तथा वार्षिक उत्सव यहि आउदो १५–सेप्टेम्बर–२०२४ आईताबारका दिन मनाउने निर्णय गरियो।
२. यस बैठकको बृहत छलफलले तामाङ समाज यूएईको “शिक्षाको लागि समाज” कार्यक्रमको सहयोग हस्तान्तरण गर्न निम्न बिद्यालयलाई सहयोग प्रदान गर्ने निर्णय गरियो।
बिद्यालयको नामः “भृकुटी निम्न माध्यमिक बिद्यालय” काभ्रे जिल्ला प्रस्ताबकः नबिन दोङ तामाङ ( केन्द्रीय महासचिब) नोट३ आगामी बर्ष रस अल खैमाह क्षेत्र समितिबाट प्रस्ताबित बिद्यालयलाई सहयोग प्रदान गर्ने निर्णय गरियो। प्रस्ताबकः भिम गोले (उपाध्यक्ष रक क्षेत्रीय समिति)
Top Talent Encouragement Award:
१. डा. मुक्त सिंग तामाङ, PhD in anthropology from Cornell University with full bright scholarship program.
२. चन्द्र कुमार मोक्तान, बरिष्ठ गायक (कला तथा सास्कृति)
३. छात्रवृत्तिः जम्मा ३ जनालाई प्रदान गरिनेछ
A रक क्षेत्र समितीः १ जनाको नाम पठाउने केन्द्रमा
B अबुधाबी क्षेत्र समितीः १ जनाको नाम पठाउने केन्द्रमा
C दुबई क्षेत्र समितीः १ जनाको नाम पठाउने केन्द्रमा
३. यस बैठक को बृहत छलफलले तामाङ समाज यूएईको क्षेत्र समितीको अधिबेशन २४ नोवेम्बार २०२४ देखि सुरु गर्ने र केन्द्रको अधिबेशन २९ डिसेम्बर २०२४ का दिन गर्ने भन्ने निर्णय गरियो।
४. यस बैठक को बृहत छलफलले तामाङ समाज यूएईबाट टाढिएर छुट्टै सामाजिक कार्य गरिरहनु भएका सक्रिय अर्को विपक्ष तामाङ समाज यूएई लाई एकै ठाउमा ल्याई संगै सामाजिक काम गर्न बार्ताको सुरुवात गर्ने निर्णय गरियो ।
वार्ताको लागी डिसेम्बर १८ को अधिवेशनले गठन गरेको वार्ता समितीलाई बिस्तार गर्दै केन्द्रीय कार्यकारी अध्यक्ष भिम दोङ तामाङ, केन्द्रीय महा सचिब नबिन दोङ तामाङ र केन्द्रीय उपाध्यक्ष बेत्ता घिसिङलाई बार्ता समितीमा थप गर्ने निर्णय गरियो ।
जस अनुसार वार्ता समिती निम्न अनुसार रहनेछ :
१ राम मोक्तान – संरक्षक प्रमुख, सस्थापक कोषा–अध्यक्ष तथा दुई कार्यकाल केन्द्रीय अध्यक्ष (नेपाली समाज युएई पार्साद अध्यक्ष)
२ मोहेश मोक्तान – संरक्षक सदस्य , दुई कार्यकाल केन्द्रीय अध्यक्ष तथा नेपाली आदिवासी जनजाती संघ युएई पूर्व अध्यक्ष
३ जितेन्द्र तामाङ – बर्तमान केन्द्रिय अध्यक्ष तथा नेपाल आदिबासी जनजाती महासंघ युएई पूर्व महा सचिब
४ भिम दोङ तामाङ – वर्तमान केन्द्रीय कार्यकारी अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघ युएई पूर्व सचिब
५ नबिन दोङ तामाङ – बर्तमान केन्द्रीय महा सचिब
६ बेत्ता घिसिंग – बर्तमान केन्द्रीय उपाध्यक्ष